सर्वोत्तमको आइपीओ बिहिबार बाँडफाँड हुँदै ,५५ हजार भाग्यमानीले पाउनेछन् ५० कित्ता शेयर

काठमाडौं । इतिहासमै पहिलोपटक बुकबिल्डिङ प्रविधिमार्फत प्राथमिक सेयर निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर बाँडफाँडको मिति टुङ्गो लागेको छ। 

 कम्पनीले यही आइतबार प्री अलोटमेन्ट सम्पन्न गरेसँगै बाँडफाडको लागि आउँदो बिहीबार अर्थात् फागुन २४ गतेको मिति तय भएको हो। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइमी क्यापिटल रहेको छ।

कम्पनीको आइपीओमा सेयरमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको माग गर्दै आवेदन दिएका छन् । यो माग भन्दा १९.३२ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा कुल १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्नेगरि आइपिओ बिक्रीमा ल्याएको हो, लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने व्यवस्था थियो ।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले न्युनतम ५० कित्ता पाउने छन् । यी बाहेक अन्य अर्थात् साढे ९ लाख बढीको हात खाली हुनेछ ।

 

प्रतिक्रिया