काठमाण्डौं - मंगलबार नेप्से परिसूचक ३० अंक भन्दा धेरैले घटेको छ । यो सँगै समग्र बजार २०७० विन्दुमा आएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने केही बढेर ४ अर्ब ६६ करोड पुगेको छ । आज हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।
उपसूचक सबै घट्दा बीमा समूहमा धेरै गिरावट आएको छ । आज ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।
राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षालाइ लगानीकर्ताले अपेक्षा अनुसार नपाउँदा आज त्यसको बजारमा प्रभाव परेको जानकारहरूको भनाइ छ ।