मध्य भोटेकोशी जलविद्युतको आज आईपीओ बाँडफाँड

काठमाण्डौं–मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ (आज) सोमबार बाँडफाँड हुँदैछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ भोलि बिहान ९ बजे बाँडफाँड हुनेछ ।


कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो।कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् । जसअनुसार यो आईपीओमा ३.२२ गुणाले ओभरसब्सक्राइडब्स भएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय