सोमबार पनि सर्वोत्तम सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण,मूल्य भने घट्यो

काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ । सोमबार यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । 

आइतबार नकारात्मक सर्किट लागेर कारोबार भएको सो कम्पनीको शेयर मूल्यमा आज निकै उतारचढाव देखिएको छ । यो समाचार तयार गर्दा सम्म कम्पनीको शेयर मूल्य २१ रुपैयाँ प्रति शेयर घटेर ९ सय ५३ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

दिउसो १ः३० सम्म ४० करोड भन्दा धेरै कारोबार भएको कम्पनीको शेयर ३ लाख ८ हजार कित्ताको माग छ भने १९ हजार कित्ता बिक्री प्रस्ताव छ । कम्पनीको शेयर मूल्य अधिकतम १०८३ सम्म पुगेको थियो । 

प्रतिक्रिया