तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं–तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्ट्स र कुमारी बैंकले आगामी साधारण सभाका लागि कात्तिक ८ गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ७ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  
गुराँस लघुवित्तले कात्तिक २२ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि कम्पनीले १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

त्यस्तै कुमारी बैंकले कात्तिक १६ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाका लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्नेछ । सिवम् सिमेन्ट्ले यस वर्ष २९ प्रतिशत कर समेत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि शिवम् सिमेन्ट्सले कात्तिक १६ गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ ।

 

प्रतिक्रिया