डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडाैं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा कमी गरेको छ। निगम सञ्चालक समितिको बिहीबारको बैठकले नयाँ मूल्य समायोजन गर्ने निर्णय गरेको हो, जसअनुसार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले डिजेल र मट्टितेलको बिक्री मूल्य घटाइएको छ।

समायोजनपछि पहिलो वर्गका लागि डिजेल प्रतिलिटर रु १४७.५०, दोस्रो वर्गका लागि रु १४९, र तेस्रो वर्गका लागि प्रतिलिटर रु १५० निर्धारण गरिएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग, तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु ०.२५ र डिजेलमा रु १.०४ घटेपछि यो मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया