काठमाण्डौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।
जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।