५ कम्पनीको शेयर मूल्यमा सर्किट,नेप्से भने दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिने सामान्य अकंले सुधार देखिएको सेयर बजार यो साताको सुरुवात मै दोहोरो अकंले ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अकंले घटेर २१६५.१० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार कुमारी बैंकको सेयरमा सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २७ करोड ४८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको १२ करोड ७५ लाख रुपैयाँ, रिडी पावरको ११ करोड १३ लाख रुपैयाँ र अपि पावरको ११ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।

आज ११ उपसूचक राताम्य भएका छन् भने बैंकिङ समूहको १ं.०८ प्रतिशत र म्युचुअल फण्डको ०.६६ प्रतिशतले सेयर मुल्य बढेको हो ।

प्रतिक्रिया