काठमाडौं - साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।
आइपीओमा आवेदन दिनका लागि अन्तिम दिन आइतबारसम्म ५.६२ गुणा बढी आवेदन परेको छ ।
आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकले ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले असोज ६ देखि ६४ लाख ४० हजार कित्ता निष्काशन गरेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ ।
कम्पनीको आईतबार आवेदन दिने अन्तिम दिन हो । यो सँगै अर्को हप्ता सम्ममा कम्पनीको शेयर बाँडफाँड हुने अनुमान गर्न सकिन्छ ।