नेप्सेमा हरियाली,एक दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको २.२८ प्रतिशत, फाइनान्स समूहको २.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६० प्रतिशतले सेयर मूल्य बढेको हो ।

सोमबार सोनापुर मिनरल्सको २१ करोड ८४ लाख रुपैयाँ, माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय