काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज २१ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
अघिल्लो आवबाट लघुवित्तले १९।००५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । गत आवमा अघिल्लो आवको तुलनामा पाँच प्रतिशत धेरै प्रस्ताव गरेको हो ।