काठमाण्डौ । २०७८ सालको अन्तिम शेयर कारोबार दिन बुधबार नेप्से परिसूचक ३० अङ्कले बढेर बजार बन्द भएको छ । यस अघिका तीनवटै कारोबार दिन एकोहोरो घटेको शेयर बजार आज भने बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने खासै सुधार हुन सकेको छैन । २२९ कम्पनीहरूको १ अर्ब ४७ करोडको मात्र कारोबार भएको छ । यो कारोबार औसत कारोबार रकमको तुलनामा निकै न्यून हो ।
आज कारोबार भएका मध्य १६४ कम्पनीको शेयर मूल्य बढेको छ साथै बाँकी कम्पनीको भने शेयर मूल्य घटेको छ । एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्य खरिद बिक्री भएको छ ।
नेप्सेका सबै उपसूचकमा हरियाली हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । यता जानकारहरूले भने आउने वर्ष बजार माथि जाने र कारोबार रकम पनि बढ्ने अपेक्षा गरेका छन ।