फेरि बढ्न थाल्यो आइपीओमा आकर्षण, सुपर मादी हाइड्रोपावरमा ४ गुणा बढी आवेदन

काठमाडौं- सुपर मादी हाइड्रोपावरको आइपीओमा ८१ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (माघ १० गते) सम्ममा ७ लाख २६५ जनाले ८१ लाख ५८ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ४.६८ गुणा बढी आवेदन हो । कम्पनीले सोमबार (माघ ९ गते) देखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।  

यो मध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्र खुला गरेको हो । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।  

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया