मंगलबार नेप्सेमा सामान्य गिरावट,हिमालयन रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ताको चाम

काठमाण्डौ । मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेर बजार बन्द भएको छ भने कारोबार रकम पनि निरन्तर घटिरहेको छ । 

आज परिसूचक १.७६ अङ्कले घटेर समग्र बजार २०३३ को विन्दुमा आएको छ भने ३ अर्ब ११ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका ३१४ कम्पनीहरूमा ९० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ । आज २ कम्पनीको शेयर मूल्य सर्किट लागेर कारोबार हुँदा एक कम्पनीको शेयर मूल्यमा ऋणात्मक सर्किट पनि लागेको छ । 

उत्पादन उपसूचक सबै भन्दा धेरै अङ्कले बढ्दा  बिमा समूहको उपसूचक धेरैले घटेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आज सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ भने यो कम्पनीको शेयर मूल्य पनि आज बढेको छ । 

प्रतिक्रिया