काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
गएको ९शुक्रबार० तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।