• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

झिनो अंकले बढेर शेयर बजार बन्द,कारोबार रकम पनि घट्यो

काठमाण्डौ - साताको द्रोसो दिन नेप्से करीब ६ अंकले बढेर बजार बन्द भएको छ । आईतबार नेप्से २५ अंकले घटेको थियो । 

 

नेप्से सामान्य बढेपनि कारोबार रकम भने घटेर १५ अर्ब नजिक झरेको छ । आज बीमा समूह र बित्त समूह घटेको छ भने अरू समूह सामान्य बढेको छ । 

 

कारोबार अवधिमा आज २२७ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । 

 

आज फेरि हाइड्रो र लघुवित्तमा लगानीकर्ता झुम्मिए भने जीवन बीमाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । ५ कम्पनीको शेयर मूल्यमा आज सर्किट लागेर कारोबार भएको छ । 

प्रतिक्रिया