लगातार घटेर बन्द भयो नेप्से,कारोबार रकममा पनि गिरावट

काठमाडौं - यो साता लगानीकर्तालाई निरास बनाएर शेयर बजार बन्द भएको छ । नेप्से मात्र हैन कारोबार रकममा पनि लगातार ओरालो लागिरहेको छ । 

आज नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा एक अर्ब ६८ करोड ४९ लाख बराबरको कारोबार भएको हो । त्यस्तै, आज पनि नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

प्रतिक्रिया