काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएको छ ।
साताको अन्तिम कारोबारको दिन १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.७८ प्रतिशत, विकास बैंक समूहको १.४४ प्रतिशत, फाइनान्स समूहको २.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.०८ प्रतिशत, हाइड्रोपावर समूहको २.२२ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।
त्यसैगरी, आज छिमेक लघुवित्तको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ७० लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । साथै, एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख रुपैयाँ, हिमालयन डिष्टीलरीको ७ करोड २१ लाख रुपैयाँ र साना किसान लघुवित्तको ६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत २६० कम्पनीहरुमध्ये २४ कम्पनीको सेयर घटेको छ । आज सर्वाधिक नेपाल हाइड्रो डेभलोपरको ४.८२ प्रतिशतले बढेको हो ।बिहिबार सर्वाधिक लघुवित्तका सेयरधनीहरुले गुमाएका छन् । ४१ लघुवित्तका नकारात्मक सर्किट लागेको हो ।