काठमाडौं - साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । उक्त दिन बजार ४.९२ अंकले बढेर २०९० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजारको कारोबार भएको छ ।
बजारमा सुधार आउँदा ७ वटा उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.२६ प्रतिशत र विकास बैंक समूहको ०.३० प्रतिशतले बढेको हो ।