युनिलिभरका सेयरधनीलाई मालामाल


काठमाडौं–युनिलिभर नेपालको आज (बिहीवार) वार्षिक साधारण सभा हुँदैछ। सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात् प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


त्यस्तै, सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमा छलफल, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गरेको छ ।
 

प्रतिक्रिया