नेप्सेमा सुधार हुँदा कारोबार रकम घट्यो,८ उपसूचकमा हरियाली

काठमाडौं - बुधबार नेप्से परिसूचकमा सुधार आएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९७ अकंले बढेर २११६.६५ बिन्दुमा बन्द भएकोछ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको कारोबार भएको छ । 

आज ५ उपसूचक राताम्य भएका छन् भने ८ उपसूचकमा हरियाली छाएको छ । आज इन्भेष्टेमेन्ट समूहको ०.५४ प्रतिशत, माइक्रोपाइनान्सको ०.३३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३२ प्रतिशत, अन्य समूहको ०.०८ प्रतिशत र ब्यापार समूहको ०.१६ प्रतिशतले सेयर मूल्य घटेको हो ।

प्रतिक्रिया