काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से ५७.६१ अंकले बढेर समग्र बजार २०८६ बिन्दुमा पुगेको छ । २३१ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड माथिको कारोबार भएको छ ।
नेप्सेका सबै उपसुचकमा हरियाली हुँदा ६ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।
आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ त्यस्तै बीमा समूह सबै भन्दा धेरै बढेको छ ।