कारोबार रकम र नेप्से दुवै चिन्ताजनक अबस्थामा,लगानीकर्ता आत्तिए

काठमाण्डौ । बुधबार नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको  छ । 

सोमबार नेप्से ६।६८ बिन्दु तथा सेन्सेटिभ इन्डेक्स १।२८ बिन्दुले घटेको छ । बजार घटेसँगै कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब ६८ करोडमा खुम्चिएको छ ।

बजारमा अघिल्लो दिन आइतबारको तुलनामा ४८ करोड ६१ लाख रुपैयाँले कारोबार रकम घटेको छ । सोमबार दिनभरमा २२७ कम्पनीको ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँका कारोबार छ । ७६ लाख ५३ हजार २२० कित्ता शेयर ४८ हजार २३६ वटा संख्यामा पटक खरीद बिक्री भएको हो ।

कारोबारमा आएका चार उपसमुहगत सूचक बढेका छन् भने ८ वटाको घटेको छ । लघुवित्त सूचक सर्वाधिक १।४७ प्रतिशतले बढ्दा अन्य १।२९ प्रतिशत तथा होटल र जीवन बीमाको सूचक सामान्य बढेको छ । फाइनान्स सर्वाधिक २।४७ प्रतिशतले घट्दा जलविद्युत २।४० र विकास बैंकको सूचक १।८७ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय