सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने मिति तय,धेरैको हात खाली हुने

काठमाडौं - सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ आउँदो शुक्रबार बाँडफाँड गर्ने तयारी कम्पनीको रहेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार प्रिअलटमेन्ट सकाएर शुक्रबार भित्र आईपीओ बाँडफाँटको तयारी गरेको हो ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

प्रतिक्रिया