काठमाडौं - निरन्तर ओरालो लागेको नेप्से बुधबार भने दोहोरो अंकले बढेर बजार बन्द भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन । आज कारोबार रकम तीन अर्ब पनि पुग्न सकेन भने नेप्से ६० अंक भन्दा धेरैले बढेको छ ।
२१७ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा १७९ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज नेप्सेका अधिकांस उप सूचकमा चमक आएको छ ।