देशभर बदली र उच्च क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका पूर्वी भू-भागमा सामान्यतया बदली भएको छ भने कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

मौसमविद्हरूले सोमबार र मंगलबार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव अझ बढी हुने जनाएका छन्। गण्डकी, कर्णाली, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज राति हल्का हिमपात हुनेछ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार सोमबार देशभर थप बदली हुने र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रसहित अन्य पहाडी भागमा हल्का हिमपातको सम्भावना छ। मंगलबारसम्म प्रणालीको प्रभाव रहने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया