साताको अन्तिम दिन ठुलो अंकले घट्यो नेप्से

काठमाडौं । यो साता लगानीकर्ताहरूको लागि राम्रो हुन सकेन । अघिल्लो हप्ता एकोहोरो घटेको बजार यो हप्ता उतारचढावका बिच साताको अन्तिम कारोबार दिन ठुलो अंकले घटेर बजार बन्द भएको छ ।  बिहीबार बजार २८।६८ अङ्कले घटेको हो ।

बजार परिसूचक २ हजार बिन्दु तल ओर्लिएको छ । उक्त दिन बजार परिसूचक १९७२ दशमलव ०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहरु राताम्मे बनेका छन् 


नेप्सेमा ठुलो गिरावट आए पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । बिहीबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच भएको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने एक कम्पनीमा नकरात्मक सर्किट लागेको छ । 

आज पनि दुई कम्पनीको उच्च सेयर कारोबार भएको छ । बिहीबार दिन सोनापुर मिनिरल्स् एण्ड आयलको सर्वाधिक ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको  छ । यस्तै, दोस्रो सूचीमा रहेको १० करोड १४ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

आज सबै उपसूचक रातै भएका छन भने बीमा समूह सबै भन्दा धेरै घटेको छ । ३०९ कम्पनीको कारोबार भएकोमा केबल १७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । 

 

प्रतिक्रिया