नेप्सेमा गिरावट रोकिएन,कारोबार रकम २ अर्वमाथि

काठमाडौं । बिहिबार ठूलो अङ्कले घटेको नेप्से आईतबार पनि घटरै बजार बन्द भएको छ ।

आज बजार ११.७८ अंकले घटेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन चिरख्वा हाइड्रोपावरको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.४९ प्रतिशतले घटेको हो । त्यसैगरी, कामना सेवा विकास बैंक डिबेञ्चरको ७.१४ प्रतिशत, बिपीडब्लु लघुवित्तको ६.७६ प्रतिशत, बोटलर्स नेपाल (तराई)को ५.६७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया