सोमबार पनि शेयर बजारमा उत्साह कायमै,प्रिओपन सेसनमा दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाण्डौआइतबार शतक हाराहारीमा बढेको शेयर बजारमा त्यो रौनकता सोमबार पनि कायम रहने देखिएको छ । आज नेप्से प्रिओपन सेसनमा १०.३२ अङ्कले बढेको छ । 

योसँगै समग्र बजार १९६७ विन्दुमा पुगेको । आज नेप्सेमा कारोबार रकम मात्र बढेको छैन कम्पनीको सङ्ख्यामा पनि बढेको छ  । ४४ कम्पनीको शेयर किनबेच हुँदा २६ लाख ८५ हजार माथिको शेयर किनबेच भएको छ । 

कारोबार भएका मध्य ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ । करिव एक दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेर कारोबार हुँदा जलविद्युत र बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज आइजीआइ कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ ।  

प्रतिक्रिया