वाणिज्य बैंकहरुले सरकारलाई तिरे ३२ अर्ब ८० करोड कर

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ मा झन्डै ३३ अर्ब रुपैयाँ कर सरकारलाई बुझाएका छन् ।
बैंक तथा वित्तीय संस्थाले करपछिको नाफामा १० प्रतिशत बोनस छुट्याएपछि बाँकी रकमको ३० प्रतिशत आयकर बुझाउनुपर्ने कानूनी प्रावधानअनुसार यो कर तिरेको हो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकहरुले बुझाएको कर २३.५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेका बैंकहरुले यसपालि ३२ अर्ब ८० करोड रुपैयाँ बुझाएका छन् ।

गत वर्ष बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नाफा बढेसँगै कर पनि उच्च दरमा वृद्धि भएको हो । गत आवमा बैंकहरुको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.६८ प्रतिशत बढी हो ।

सबैभन्दा धेरै कर बुझाउनेमा यसपटक कुमारी बैंक शीर्ष स्थानमा पुगेको छ । बैंकले ३ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ कर बुझाएको छ, जुन अघिल्लो वर्षको ९९ करोड ४३ लाख रुपैयाँको तुलनामा २६८.५८ प्रतिशतले बढेको हो ।

नबिल बैंक ३ अर्ब २१ करोड रुपैयाँ कर तिरेर दोस्रो स्थानमा रह्यो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८५ करोड रुपैयाँ कर तिरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३.४३ प्रतिशत धेरै हो ।

ग्लोबल आइएमई, एभरेष्ट, प्राइम, कृषि विकास, लक्ष्मी, नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबी लगायतका बैंकहरुले पनि अर्बौं रुपैयाँ कर बुझाएका छन् ।

बैंक २०८२ असार अन्त्य २०८१ असार अन्त्य वृद्धि/घट %
Kumari 3,664,985,000 994,356,000 +268.58%
Nabil 3,218,004,000 2,398,954,000 +34.14%
NIMB 2,853,911,000 1,555,831,000 +83.43%
Global IME 2,579,297,000 2,729,935,000 -5.52%
Everest 2,532,705,000 1,959,352,000 +29.26%
Prime 1,914,109,000 1,539,143,000 +24.37%
Agriculture Dev 1,695,692,000 1,205,667,000 +40.64%
Laxmi 1,651,590,000 1,384,309,000 +19.31%
Nepal Bank 1,650,176,000 737,443,000 +123.77%
Siddhartha 1,641,803,000 1,395,737,000 +17.63%
Rastriya Banijya 1,635,733,000 1,627,991,000 +0.48%
Standard Chartered 1,524,950,000 1,419,339,000 +7.44%
NMB 1,413,621,000 991,154,000 +42.62%
Sanima 987,968,000 982,895,000 +0.52%
Nepal SBI 907,457,000 863,420,000 +5.10%
Machhapuchhre 892,879,000 608,637,000 +46.70%
Prabhu 862,415,000 2,638,594,000 -67.32%
Himalayan 573,820,000 533,204,000 +7.62%
Citizens 545,149,000 736,655,000 -26.06%
NIC Asia 55,152,000 245,224,000 -77.51%
Total 32,801,497,000 26,548,041,000 +23.56%

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय