अन्तिम कारोबार दिन पनि प्रि ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौ - साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । यो साता पुरै कारोबार दिन नेप्से बढेको हो । 

आजको वृद्धि सँगै समग्र बजार २३७३ बिन्दुमा पुगेको छ । ३५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र घटेको छ त्यस्तै १ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज ३४ लाख माथिको शेयर किनबेच भएको छ । 

राधी जलविद्युत कम्पनीको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा आधा दर्जन बढी कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया