• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मंगलबारको हरियालीले लगानीकर्ता उत्साहित,नेप्सेको यात्रा ३५ सयको हो ?

काठमाण्डौ – करिब एक हप्तामा २ सय भन्दा धेरैले घटेको नेप्से मङ्गलबार भने ८० अंकको वृद्धि संगै लगानीकर्ता उत्साहित भएका छन् ।

कारोबार भएका प्राय सबै शेयर मूल्य बढेको यो दिन चिन्तामा रहेका लगानी कर्ताको लागि केही राहत दिएको छ ।

धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि ओरालो लागेको नेप्से मङ्गलबार भने उकालो लागेको हो । नेप्से उकालो लागे पनि कारोबार रकम भने घटेको छ ।

जानकारहरुका अनुसार अब नेप्सेको यात्रा ३५ सय माथि सम्मको रहेको बताएका छन । अहिले नेपालमा अन्य क्षेत्र पनि चलायमान भएका छन् । जसको केही असर शेयर बजारमा पनि पर्न सक्छ ।

प्रतिक्रिया