• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नयाँ लघुवित्तले आईपीओ निस्कासन गर्ने अनुमति पायो,कहिले होला सार्वजनिक

काठमाण्डौ – नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै शेयर बजार झन् चलाएमान भएको छ ।

आउँदो शुक्रबार जीवन विकास लघुवित्तको प्राथमिक शेयर निष्कासन हुने पक्का भइसकेको छ भने मङ्गलबार मात्र अर्को नयाँ लघुवित्तको आइपीओ निस्कासन गर्ने अनुमति पाएको छ ।

वित्तीय अवस्था मध्यम रहेको मनकामना स्मार्ट लघुवित्तलाई ३ करोड ८९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

यस लघुवित्तले १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबी’ माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

अनुमतिसंगै केही दिनमा यो संस्थाले पनि प्राथमिक शेयर निष्कासन गर्ने छ । त्यो समय १५ दिन सम्म लाग्न सक्ने अनुमान छ ।

प्रतिक्रिया