मानुषी लद्युवित्तको शेयर दोस्रो बजारमा प्रवेश गर्न सकेन,आखिर कारण के छ ?

काठमाण्डो । सोमबारबाट दोस्रो बजारमा प्रवेश मानुषी लद्युवित्तको शेयर बुधबार सम्म आईपुग्दा पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन । 

स्पेशल प्रिओप सेसनमा विक्रि म्याच हुन नसकेपछि शेयर दोस्रो बजारमा प्रवेश गर्न नसकेको हो । नेप्सेले तोकेको रेन्चमा कारोबार हुनै पर्ने हुन्छ । निकै थोरै शेयर कित्ता भएको साथै यसको मूल्य माथि पुग्ने आशमा विक्री कर्ता नहुँदा दोस्रो बजारमा कारोबार हुन नसकेको हो । 

नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस MLBS कारोबार संकेत  पाएको छ । 

 
पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२।६९ रुपैयाँदेखि अधिकतम ३९८।०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय