काठमाण्डौ – नेपाली शेयर बजार अहिले उच्च बिन्दुमा छ । केही समय देखि यो क्षेत्र निकै चलायमान भएको छ भने नयाँ लगानीकर्ताको आगमन भएको छ ।
दैनिक ५ अर्ब भन्दा तल रहेको कारोबार २० अर्ब सम्म पुगेको छ यो नेपाली शेयर बजारको लागि अत्यन्तै राम्रो कुरा हो । नयाँ पुराना लगानीकर्तालाई सक्रियताले नेप्से यतिधेरै चलाएमान भएको धेरैको बुझाइ छ ।
यसै बीच नेपाल धितोपत्र बोर्डले मङ्गलबार शेयरमा चलखेल भएको भन्दै ५१ कम्पनीको नाम सार्वजनिक गरेको छ जसले धेरै लगानीकर्तालाई चिन्तित बनाएको छ । एक चौथाई कम्पनीको शेयर सूची सार्वजनिक संगै अर्बौंको लगानी अब के हुन्छ भन्ने धेरैको चासो बढेको छ ।
यसो त नियामक निकायले बेमौसमी सूची सार्वजनिक गरेको प्रति धेरै लगानीकर्ता खुसी छैनन् । कम्पनीको शेयरमा चलखेल भएको भए पनि गोप्पे रुपमा छानबिन पछि अनियमितता प्रमाणित भए कारबाही गर्ने अधिकार भए पनि हतारमा यति धेरै कम्पनीको सूची सार्वजनिक गर्को देखिन्छ ।
सूचीमा पर्नेमा नयाँ देखि केही पुराना कम्पनीहरु समेत छन् भने केही समय देखि शेयर मूल्य समेत बढेका कम्पनीहरु7 रहेका छन ।
यसर्थ, धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायले निकै हल्का आधार र तर्क प्रस्तुत गरेर कम्पनीको नामै किटान गरी जोखिमयुक्त भनेर सार्वजनिक गर्नु कुनै पनि हिसाबले तर्कसंगत, न्यायोचित र विवेकशील काम होइन । उसको काम भनेको नियमन गर्ने हो । सेयर कारोबारमा कर्नरिङ भएको, सूचना चुहिएको छ भनेर कारवाही गरेर देखाउन सक्नुपर्छ ।
लगानीकर्ताको अभिभावक जस्तो संस्थाले हचुवाको भरमा यस्तो सूची निकालेको प्रति सबैले आक्रोस पोखेका छन् । धितोपत्र बोर्डको सूचीमा आकर्षक लाभांस दिने देखि लिएर हकप्रद शेयर निष्कासन गरेका कम्पनीको समेत सूची छ ।