काठमाण्डौ । लामो समय देखि घटिरहेको बजार आईतबार र आज सोमबार भने दोहोरो अंकले बढेको छ । सोमबार नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।
आज नेप्से करिव ८७ अंकले बढेर समग्र बजार २६७१ विन्दुमा आएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ४ अर्व २८ करोड हाराहारीमा पुगेको छ । यो केहि दिन यहाँको राम्रो कारोबार रकम हो ।
आज दिनै भरिमा २२९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १८३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने केहि कम्पनीहरुको मात्र शेयर मुल्य घटेको छ । आज १८ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेको छ भने महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।