• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसन - करिव ६ अंकले बढ्यो नेप्से,कारोबार रकम भने करिव २ करोड

काठमाण्डौ - साताको तेस्रो दिन नेप्से करिव ६ अंकले बढेको छ । योसँगै समग्र बजार ३ हजार १६५ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज एक करोड ९२ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ भने एक दर्जन हाराहारीका कम्पनीको शेयर मूल्य करिव २ प्रशितले बृद्धि भएको छ । यो शेयसनमा बैक क्षेत्रमा लगानी कर्ताको आकर्षण देखिएको छ । 

सोमवार पनि नेप्से झिनो अंकले बढेर बजार बन्द भएको थियो । मौद्रिक नितिपछि शेयर बजारले अपेक्षीत गति लिन सकेको छैन । आज कारोबार भएका ५८ कम्पनीहरुमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै ९ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ । यो सेसनमा मञ्जुश्री फाइनान्सको शेयर सबैभन्दा धेरै खरिदविक्री भएको छ । 

प्रतिक्रिया