नेप्सेमा सामान्य अङ्कले घट्दा कारोबार रकम २ अर्बमाथि

काठमाडौं । केहि दिन निरन्त उकालो लागेको नेप्से परिसूचक बुधबार पनि सामान्य अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि स्थिर रहेको छ । आज बजार शून्य दशलमव ८७ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक १ हजार दशमलव ७७ अङ्कको बिन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार होटेल तथा पर्यटन २।२० अंक, लगानी समूह ९।७९ अंक, उत्पादक तथा प्रशोधन ३१७।५७ अंक, म्युचुअल फन्ड ०।०७ अंक, अन्य समूह २।५३ अंक र व्यापार समूह १५०।६७ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरू राताम्य बनेका छन्
आज २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन सबैभन्दा धेरै सोनापुर मिनिरल्स एण्ड आयलको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

नेप्सेमा गिरावट आए पनि ६ कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । यस दिन ३ सय ८ कम्पनीहरूको शेयर किनबेच भएको छ । 

प्रतिक्रिया