काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओ आइतबार अर्थात् आज बाँडफाँड हुने भएको छ । फागुन १४ गते बिक्री प्रबन्धकको कार्यालय नागपोखरी नक्साल, बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको छ ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १४ लाख ९२ हजार ७७८ जनाको आवेदन दिएका थिए । माग भन्दा २३.८४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ १० कित्ताका दरले ६९ हजार ७२० जनाले पाउनेछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको हात खाली हुनेछ ।
कम्पनीले माघ २७ गते देखि फागुन २ गते सम्म जारी पूँजी रू.३४ करोड बराबरको २४.७१ प्रतिशतका दरले हुने आउने रू ८ करोड ४० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
कुल कित्तामध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
नतिजाको लागि यहाँ जान सक्नुहुने छ ।