• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

आजदेखि युनियन लाइफको आईपीओमा आवेदन खुल्यो,कति कित्ता दिने आवेदन

काठमाण्डौं - नेपालमा पछिल्लो समय शेयर बजार सुस्ताए पनि प्राथमिक शेयर बजार भने तातिरहेको छ । 

बुधबार मात्र आइपीओ बाँडफाँडको रौनक ल्याएकोमा आज देखि युनियन लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासनले सबैलाई उत्साहित बनाएको छ । 

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ आज देखि सार्वजनिक हुँदै छ ।  

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

यो कम्पनीको शेयरमा पनि केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ । 

प्रतिक्रिया