ङादी ग्रुप पावरले बोनश शेयर दिने


काठमाडौं– ङादी ग्रुप पावर लिमिटेडले बोनश शेयर दिने भएको छ । २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने तयारी गरेको छ । कम्पनीले आठौं वार्षिक साधारण आइतवार आयोजना गरेको छ  । सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० को २०० प्रतिशत अर्थात् १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश हुनेछ ।


सभाले आर्थिक वर्ष २०७७÷ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८÷ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भदौ १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरीसकेको छ । यस आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया