काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि नेप्सेमा पहिरो गएको छ । दिनै भरि उतारचढाव रहेको बजार अन्तिमा ६१ अंकको गिरावटसँगै बन्द भएको छ ।
आजको गिरावटसँगै समग्र बजार २७५८ विन्दुमा आएको छ । २३३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ भने मनकामना स्मार्ट लद्युवित्त सहित ८ कम्पनीहरुको शेयर मूल्य भने बढेको छ । आज कारोबार रकममा पनि त्यति उत्साह देखिएन दिनै भरिमा ६ अर्व ५० करोड बराबरको कारोबार हुँदा अरुण भ्याली जलविद्युतको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।
आज नेप्सेका सबै उपसूचकमा रातो पोतिदा म्युचुअल फण्ड भने सामान्य अंकले बढेको छ । त्यस्तै जीवन वीमा उप समूह भने सबै भन्दा धेरे घटेको छ ।