धेरैलाई खुसी बनाउने अर्को आईपीओ आउँदै

काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ । यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् । केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले पनि ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाले नेपाल धितोपत्र बोर्डबाट १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । जुन १ अर्ब ५० करोड बराबर हुन आउँछ । कम्पनीले कुल चुक्तापुँजीको २५ प्रतिशत बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ । अनुमति पाएसँगै अब यही महिना भित्रमा शेयर निष्कासन प्रक्रियामा जाने कम्पनीको योजना छ ।

मध्य भोटेकोसीले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरिसकेको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओ खुलाइएको थियो । स्थानीयले प्रत्यक्ष बैंकमा उपस्थित भएर भर्ने भएकाले कोभिडमा भिडभाड बढेकाले संक्रमण फैलिन सक्ने भन्दै विहीवार स्थगित गरेको छ ।
अन्य क्षेत्रका लागि खोल्ने आईपीओ भने अनलाइनबाट आवेदन दिने गरेका छन् । त्यसैले आम सर्वसाधारणका लागि एक करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया