• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आवेदन दिन छुट्याउनै नहुने अपी पावरको शेयर,कहिले होला निष्कासन ?

काठमाडौं– कोरोना महामारीले सबै क्षेत्र ठप्प जस्तै छ । यो बेला शेयर बाजार भने सक्रिय छ ।

दैनिक ४ अर्वमाथिको कारोबार हुने शेयर बजारमा डिजिटल प्रविधि आएसँगै सबैको ध्यान यसमा पर्न थालेको छ ।

यही कारणले पनि सरकारले शेयर बजार बन्द गरेको छैन । धेरै लगानीकर्ताको चासो अहिले भने प्राथमिक शेयरमा रहेको छ । त्यस्तै हकप्रदक सेयरमा पनि धेरैको चासो रहने गरेको छ ।
यसै बीच अपि पावर कम्पनीले करिब पौने ५७ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न अनुमति दिएको हो । बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको छ । कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

अब अर्को हप्ता भित्रमा प्रक्रिया पूरा गरेर कम्पनीले शेयर निष्कासन गर्ने स्रोतको भनाइ छ ।

प्रतिक्रिया