• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

सरकारले उपत्यकाको निषेधाज्ञा अत्यन्तै कडा बनाउने

काठमाण्डौ – दोस्रो चरणको coronavirus संक्रमणले यतिबेला नेपाल अत्यन्तै जटिल अवस्थामा पुगेको छ ।

पहिलो चरणको भन्दा यो भाइरस अत्यन्तै जोखिमपूर्ण छिटो फैलिने भएका कारणले पनि धेरैलाई चिन्तित बनाएको छ ।

उपत्यका लगाएर ३० भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । तर संक्रमण नियन्त्रण भने हुन सकेको छैन । एक पटकको चेन ब्रेक गर्नेको लागि कम्तीमा पनि १० दिन लाग्ने अनुमान छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

सरकारी गाडी,पत्रकार र अन्य सर्वसाधारणहरुलाई आज कडा निगरानी राखेर कडाइ गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया