• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानीका नयाँ ढोका खुल्दै : आउँदै छन् यी ४ कम्पनीका आईपीओ

काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।

यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।

केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले पनि ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ ।

आज हामी लगानीकर्ताको पर्खाइमा रहेका कम्पनीहरूको आईपीओकाे बारेमा लेख्दैछौँ । आज यहाँ कुरा गरिने ४ वटै कम्पनीहरू लगानीकर्ताको रोजाइमा परेका कम्पनी हुन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे छ । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बाेर्डबाट अनुमति पाइसकेकाे छ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वैशाख २१ गतेदेखि प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्दैछ । उक्त सेयर बाँडफाँड भएपश्चात् दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया