• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने पक्का

काठमाण्डौ – पुँजी वृद्धिको दबाबमा रहेको नविल बैंकले युनाइटेड फानान्सलाई गाभ्ने भएको छ ।

आज एक कार्यक्रम बीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच १:०३५% सेयर अनुपातमा प्राप्ति गर्ने सहमति भएकाे हाे । याे सहमति अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

यो फाइनान्समा पनि चौधरी ग्रुपको नै लगानी रहेको छ ।

प्रतिक्रिया