काठमाण्डौ – सारथी नेपाल लघुवित्तले संस्थापक शेयर लिलामी गर्ने भएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयर बिक्री गर्न लागेको जनाएको छ ।
संस्थाको संस्थापक समूहतर्फको सेयरधनीहरुबाट चुक्ता नभई बाँकी रहेको ४ हजार १५८ दशमलव ५० कित्ता सेयर बैशाख १७ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न चाहने विद्यामान संस्थापक सेयरधनीहरुले बैशाख १७ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।