• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

साताको पहिलो दिने नेप्से र कारोबार दुवैमा गिरावट

 काठमाण्डौ - साताको पहिलो कारोबार दिन आज ९आइतबार० सेयर बजारले ओरालो लागेको छ । आज सेयर बजार सामान्य अंकले घटेको हो ।


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८।४८ अंकले घटेर २८३४।५१ बिन्दुमा पुगेको छ । नेप्से ०।३० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०।३३ अंकले बढेर ५२८।४५ मा पुगेको छ ।

आइतबार कारोबार रकम पनि ५ अर्बमा खुम्चिएको छ । आज कूल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रूपैयाँको कारोबार भएको छ । 

आज कूल १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको मात्र सेयर बढेको छ, बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ५६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा नेपाल टेलिकम, अप्पर तामाकोशी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, एनआईसी एशिया बैंक, नेशनल हाइड्रोपावर, ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आरएमडिसी लघुवित्त र  ओरियन्टल होटल लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

त्यस्तै १२५ गुडवील फाइनान्स डिबेन्चर २०८३, ओरियन्टल होटल, सीईडीबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, लिवार्टी इनर्जी, चन्द्रागिरी हिल्स, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी र अप्पर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । 

प्रतिक्रिया