काठमाण्डौ – प्राथमिक शेयर सार्वजनिक गरेको चन्द्रागिरि हिल्स को तेस्रो त्रैमासिक वित्तीय विवरणमा घाटा बढेको छ ।
यसैको असर स्वरूप आज यसको शेयर मूल्यमा ठूलो गिरावट आएको छ ।
निरन्तर उकालो लागेको कम्पनीको शेयर मूल्य आज भने घटेको छ ।
आइतबार २ हजार ४ सय ९ रुपैयाँबाट खुलेको बजार सोमबार २३६ रुपैयाँले घटेर २ हजार १ सय ७३ रुपैयाँमा आइपुगेको छ ।
चैत मसान्तसम्म चन्द्रागिरी १८ करोड ११ लाख रुपैयाँ घाटामा देखिएको छ ।